गैंडाकोटको एसपिएम कलेजलाइ क्वारेन्टाइन बनाइने


नवलपरासी, जेष्ठ १५ – केशव तिवारी घायल



विहिबार साँझ गैंडाकोटको एसपिएम कलेजमा केही जनप्रतिनिधि सहित बसेको भेलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि भारत लगायत विभिन्न स्थलबाट आएका नागरिकहरुलाई सुरक्षित तरिकाले राख्न कलेजले सहयोग गर्ने बताएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीले बताए अनुसार गैँडाकोट नगरपालिकाको अनुरोधलाई सहर्ष स्वीकार गरी कलेज भवन क्वारेन्टाइनका लागि उपलब्ध गराईएको छ। आफू बिरामी भएको कारण भेलामा उपस्थित हुन नसकेको र कुनै जानकारी नआएपनी सुरुवाती चरणमा केही वडाको लागि भनेर संचालनमा ल्याइन लागेको उक्त कलेज कुनै भबितब्य आइपरेमा सिङ्गो गैंडाकोट कै लागि उपयोगमा ल्याइन सकिने गैंडाकोट ५ का वडाध्यक्ष नबराज कंडेलले दाउन्ने अनलाइनलाइ बताएका छन ।

उक्त भेलामा गैँडाकोट वडा नं २ का वडाध्यक्ष एवम् नगरस्तरीय क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य ध्रुवराम पौडेलले अन्य स्थानमा पनि क्वारेन्टिन निर्माणको प्रकृया अगाडि बढाइने बताउनु भयो । उहाँले हालसम्म गैँडाकोटमा ६ ठाउँमा क्वारेन्टिन निर्माण गरिसकेको र करिब ६० जनालाई राखिएको जसमध्ये १० जनालाई घर पठाइसकेको जानकारी दिनुभयो । भेलामा गैँडाकोट वडा नं २ का स्थानीय बुद्धिजीवी, टोल सुधार समिति र आमा समूहका प्रतिनिधि, प्राध्यापक एवम् कलेजका प्राचार्य दिपेन्द्र पौडेल, लगायतको उपस्थिति रहेको थियो । गैंडाकोट नगरका नगरप्रमुख छत्रराज पौडेलले उक्त क्वारेन्टाइन स्थलमा नगरपालिकाको तर्फ बाट चौबीसै घण्टा सहयोग र निगरानी रहने बताएका छन ।
नगरपालिकाको क्वारेन्टिन निर्माण कार्यक्रम अन्तर्गत नै एसपिएम कलेजमा क्वारेन्टिनको व्यवस्थापन गर्नको लागि गैँडाकोट वडा नं २ का वडा सदस्य यदुनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने जानकारी संयोजक यदुनाथ सापकोटाले दिनुभयो ।



सम्बन्धित
Loading...