रुकुम नरसंहारका दोषीलाई हदै सम्मको कारवाही गर्न माग – भिडियो सहित


https://www.youtube.com/watch?v=2bgOEhn-evM



संयुक्त दलित संघर्ष समिति नवलपुरले रुकुम घटानका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै बिहिबार प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशाशन कार्यालय नवलपुर मार्फत बुझाईएको ज्ञापन पत्रमा २१ औं शताव्दीको बैज्ञानिक युगमा पनि जातीयताको आधारमा मानिसको हत्या गरिनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ । “अत्यन्त क्रुर र अमानविय जातीय भेदभावको कारणले भएको हत्याप्रति घोर भत्सर्ना गर्दै हदैसम्मको कानुनी कारवाहीको माग गर्दै मृतकलाइृ सास्कृतिक शहिद घोषणा गर्न जोडदार माग गर्दछौं ।” ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संयुक्त दलित संघर्ष समितिका अध्यक्ष बागवीर सुनार, नेपाल दलित मुक्रिमोर्चाका केन्द्रीय सदस्य नेत्रबहादुर सुनार, विश्वकर्मा समाज राष्ट्रिय महासंघकी केन्द्रीय सदस्इ रत्नामाया विश्वकर्मा, मुक्रि समाज नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल दलित संघ नवलपुरका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा, देबचुली दलित युवा समाजका अध्यक्ष राकेश विक र राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोविन्द नेपालीले हस्ताक्षर गरि बुझाईएको ज्ञापन पत्रमा घटनामा संलग्न वडाध्यक्ष लगायतलाई कारवाहीको माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले आफुले तत्काल सम्वन्धित निकायमा ज्ञापन पत्र पठाइदिन भन्दै घटनाका दोषीमाथी कारवाही हुने बताए। गत शनिवार गहिरो प्रेम सम्बधमा रहेका जाजरकोटका नवराज विकले रुकुमकी सुस्मा मल्ललाई लिन जाँदा उनिहरुमाथी सांघातिक हमला भएको थियो । सो क्रममा विक सहित टिकाराम सुनार, गणेश बुढामगरले लगायत पाँच जनाले ज्यान गुमाएका थिए ।



सम्बन्धित
Loading...