बिडी सल्काउदा शरीर नै जल्यो, एकको मृत्यु
जनकपुर । बिडी खान बसेका एक बृद्धको ज्यान गएको छ । बिडी खाने क्रममा अचानक वृद्ध रामसुकुल साहको कपडामा आगो सल्केपछि उनले आगोलाई नियन्त्रणमा लिन नसक्दा उनको शरीरको बिभिन्न भाग जलि घाइते भएको सर्लाहीका सूचना अधिकृत समेत रहेका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
बिहीबार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहँदा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७० वर्षीय रामसुकुल साहको मृत्यू भएको हो । साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए ।