रजहरको प्राकृतिक चिकित्सालयमा आईसोलेसन बनाउने तयारी


नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आईसोलेसन बनाउने तयारी शुरु गरिएको छ । नवलपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि थप आइसोलेसन कक्षको आबश्यकता महसुस गरि त्यहाँ तयारी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । जिल्लामा अहिले २४ बेड क्षमताको आईसोलेसन कक्ष मात्र रहेको छ ।



“जिल्लामा भारतबाट आउनेको संख्या बढ्दै गएको छ , संक्रमितहरु थपिन सक्छन् त्यसकारण थप आईसोलेसन कक्षको महसुस गरेका हौं ।” घिमिरेले भने । घिमिरेले रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई आईसोलेसन बनाउने गरि गरिएको आग्रह अस्पताल व्यवस्थापनले स्विकार गरेको बताए । “ रजहरमा देशकै नमुना आईसोलेसन कक्ष बनाउन सकिन्छ , भौतिक पुर्वाधारदेखि सबै कुराहरु राम्रा छन् । त्यसलाई उपयोग गर्दा आवश्यक परेको बेलामा जिल्लावासीलाई त्याहाँ राखेर उपचार गर्न सहज हुन्छ ।” घिमिरेले  बताए ।



सम्बन्धित
Loading...