चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु
चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाकी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।
रोल्पामा केही दिन अघि पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको थियो ।