लामखुट्टे धपाउन बालेकाे आगाे सक्लिएर पश्चिम नवलपरासीमा आगलागी, ६ लाख बराबरकाे क्षति


 



नन्दु यादव –

जेठ १७ नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउपालिका वडा न ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गएराति आगलागी भएकाे छ ।




एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर आगलागी भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फाैजदार यादवले जानकारी दिए।

आगलागीबाट अन्नपात, भैंसी, पाडाे, लत्ताकपडा, घर लगायतका सामान पूर्ण रुपमा जलेकाे छ । आगलागीकाट ६ लाख ३२हजार बराबरकाे क्षति भएकाे प्रमुख यादवले बताए । राति लामखुट्टे धपाउनकाे लागि बालेकाे आगाे सल्केेर आगलागी भएकाे हाे ।गएराति करिब १ बजेकाे समयमा आगाे लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकीहरुले राति नै आगाेलाई पानीबाट निभाई नियन्त्रणमा लिएका थिए।

उता जिल्लाकाे सिमासँग जाेडिएकाेे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनकाे क्षति हुँदै आईरहेकाे छ । आगाे लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानीयले बताएका छन ।



सम्बन्धित
Loading...