रुकुम पश्चिम घटनाको दोषीलाई कारवाही गर्न दलित पत्रकार नवलपुरको माग
गंगा विश्वकर्मा –
नवलपुर । रुकुम पश्चिम भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलुरले विरोध प्रदर्शन गरेको छ ।
सरकार अध्याँरोमा कहाँ छ, उज्यालो यहाँ छ भन्ने नारासहित घटनाको निष्पक्ष छानबिनको माग गर्दै मैनबत्ती बालेर बिरोध प्रर्दशन गरिएको हो ।
रुकुममा भएको अमानवीय घटनालगायत देशभरि दलित समुदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै मैनबत्ती बालेर बिरोध प्रर्दशन गरिएको छ ।
सोही अनुसार शुक्रवार नबलपुरको जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण बिरोध प्रर्दशन गरिएको छ । विरोध प्रदर्शन पश्चात् संलग्न अरोपितलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे मार्फत गृहमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत पेश गरिएको छ ।
यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेकाले मैनबत्ती बालेर विरोध प्रदर्शन गरिएको जिल्ला संघका अध्यक्ष गोबिन्द नेपालीले बताए ।
कु्रर तथा अमानवीय अपराधमा संलग्न भएका जो कोहीलाई पनि कडा कारबाहिको दायरमामा ल्याउनुपर्ने उनले बताए ।
रुकुमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म पाँच जनाको शव भेटिएको छ । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई सास्कृतीक शहिद घोषणा गर्नुपर्ने लगायत उनीहरुको माग छ । सो अबसरमा राष्ट्रिय दलित प्रत्रकार संघका पदाधिकारी सहित अन्य दलित समुदायका अगुवाहरुको समेत उपस्थीति रहेको थियो ।
