किशोरी बलात्कारको आरोपमा पाल्पामा थप दुई पक्राउ


पाल्पाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन्।



यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो।




पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन्।

यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन्।

किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन्। – (रासस)



सम्बन्धित
Loading...