किसान सहकारी सस्थाद्वारा मध्यबिन्दु नगरपालिकालाई १ लाख २६ हजार सहयोग



१८ जेष्ठ, नवलपुर । किसान बचत तथा ऋण सहकारी सस्था लिमिटेडले मध्यविन्दु नगरपालिकाको बिपत कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ।



कोराना भाइरसलाई रोकथाम र नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण प्रत्यक्ष मारमा परेका असंगठित मजदुर र बिपन्न परिवारलाई राहात प्रदान गर्नका लागि १ लाख २६ हजार सहयोग रकम हस्तान्तरण गरिएको हो।

गैंडाकोट नगरपालिकामा प्रधान कार्यालय र देशको विभिन्न ठाउमा शाखा बिस्तार गर्दै आएको सस्थाले करिब ६० हजार सदस्य रहेको बताइएको छ ।




बिगतका समयमा मध्यबिन्दु नगरपालिकाले महिला शसक्तिकरण तालिमका लागि रु २५ हजार सस्थालाई सहयोग गरेको थियो।

अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै रु १ लाख २६ हजार सहयोग गरिएको सस्थाका अध्यक्ष श्रीहरी चालिसेले बताए।



सम्बन्धित
Loading...