बुटवलमा थप ४ जना कोरोना जितेर घर फर्के




बुटवल । रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विषेश अस्पतालबाट आइतबार थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाका अनुसार निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् ।

उनीहरू वैशाख २९ र ३० गते भर्ना भएका थिए । उनीहरू १५ देखि ४० वर्ष उमेर समूहका छन् । अस्पतालबाट हालसम्म १५ जना निको भएर घर फर्किसकेको छन । यस अगाडि जेठ १० गते कपिलवस्तुका १० जना युवा निको भएर घर गएका थिए । भने, रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिया युवा वैशाख ३० गते निको भएर घर फर्किसकेका छन् ।




कोरोना अस्पतालको जनरल वार्डमा ३१ जना र १ जना आइसियुमा उपचाररत रहेको डा. थापाले जानकारी दिए । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । डा. थापाले भने, ‘यहाँ आएकाहरु कोरोना जितेर खुसी हुँदै घर फर्किएका छन् । एक जना जटिल अवस्थाका बिरामीलाई भेटिलेटरमा राखेर उपचार गरिएपछि अहिले भेन्टिलेटर हटाइएको छ । उनको अवस्था पनि सुधारउन्मुख छ ।’



सम्बन्धित
Loading...