रुकुम घटनाका पीडितलाई न्याय माग्दै बर्दघाटमा खबरदारी सभा




रवि पाण्डेय –
नवलपरासी १८ जेठ ः रुकुम घटनाका पिडितहरुलाई न्यायको माग गर्दै पश्चिम नवलपरासीको बर्दघाटमा खबरदारी सभा गरिएको छ ।
दलित समुदायका बिभिन्न ८ संघसंस्थाको अगुवाईमा बर्दघाट बजारबाट निकालिएको जुलुस बर्दघाट–२ चिसापानीमा पुगेर सभामा परिणत भएको हो ।
कार्यक्रममा बोल्दै दलित अगुवा तथा अधिकारकर्मीहरुले स्वतन्त्र छानविन समिति गठन गरेर दोषी उपर कडा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संयुक्त दलित अधिकार मञ्च नवलपरासीका अध्यक्ष गणेश विश्वकर्मा , दलित नेता राजु प्रसाद हरिजन, समाजसेवजीहरु रामानन्द यादव , यमबहादुर थापा लगायतले दलितहरुले हरेक आन्दोलनमा खेलेको भुमिकाको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेयले रुकुम घटनाको छानविन गर्न सर्बपक्षीय समिति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नवलपरासी सुनचाँदी ब्यवसायी संघका अध्यक्ष राजेन्द्र सुनार , बर्दघाट नगर दलित समन्वय समितिका अध्यक्ष गोविन्द विश्वककर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य मोहन विश्वकर्मा, बर्दघाट १ का वडाध्यक्ष मोतीलाल सुनार , दलित मुक्ति संगठनका बीर बहादुर विश्वकर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम संयुक्त दलित अधिकार मञ्च नवलपरासीका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता दलित अगुवा तथा समाजसेवी कमल परियारको संचालनका भएको थियो ।



सम्बन्धित
Loading...