नवलपुरमा थप ३ जनामा संक्रमण
नवलपुरमा थप ३ जनामा काेराेना सक्रमण देखिएकाे छ। याे सँगै नवलपुरमा संक्रमितकाे संख्या ९ पुगेकाे छ ।
एक जना उपचार पछिि फर्किएका छन् ।
जिल्ला स्वास्थ्य नवलपुरका प्रमुुुख केशव चापागाईका अनुसार नवलपुरमा साेमबार ३ जनामा संक्रमण देखिएकाे छ ।
जिल्लाको कावासोती नगरपालिकाका २२ र ३६ वर्षिय पुरुष तथा विनयी त्रिवेणि गाउपालिकाका १४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित तिनै जना भारतबाट आएर पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका थिए ।