कावासोतीका दुई जनामा कोरोना भाइरस पोजेटिभ




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । सोमबार गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कावासोती ठेगाना भई कावासोती कै क्वारेन्टाइनमा रहेका २ जना २२ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाका १४ बर्षीय पुरुषमा पनि सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
यो सँगै नवलपुरमा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने १ जना महिला उपचार पछि संक्रमण मुक्त भएर फर्किएका छन् ।
नवलपुरमा सोमबारको तथ्यांक सहित अहिलेसम्म देवचुली नगरपालिकामा ५ जना विनयी त्रिवेणी गाउँपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।



सम्बन्धित
Loading...