नवलपुरका नयाँ संक्रमित ३ जना सहित पाँच जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार हुँदै




पार्वती पाण्डे –

कावासोती । पूर्वी नवलपरासीमा सोमबार भेटिएका ३ जना कोरोना भाइरस संक्रमित सहित पाँच जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डामा उपचार भईरहेको छ ।
उनीहरुलाई मध्यविन्दु जिल्ला अस्पतालको छुट्टै आइसोलेशन कक्षमा राखेर उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
सोमबार भेटिएका ३ जना नयाँ संक्रमितमा विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीका १४ बर्षीय बालक, कावासोती १ का २२ बर्षीय पुरुष र कावासोती १२ का २६ बर्षीय पुरुष रहेका छन् ।
उनीहरुलाई सोमबार विहानै अस्पताल पुर्याइएको हो ।
यस अघि मध्यविन्दु जिल्ला अस्पतालको आइसोलेशन कक्षमा २ जनाको उपचार भईरहेको छ ।
कोरोना संक्रमणको विरामी बढेसँगै नवलपुरमा आइसोलेशन कक्ष थप गरिदै जाने तयारीमा रहेको छ ।



सम्बन्धित
Loading...