नवलपुरमा आईशाेलेसन वेड २५ वटा मात्र
जेठ,१९ नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा सोमबार बिहान देखिएका तीन कोरोना भाइरस संक्रमितलाई यतिबेला मध्यबिन्दु जिल्ला अस्पतालमा आईसोलेसनमा राखिएको छ । जम्मा ६ आईसोलेसन बेड रहेको जिल्ला अस्पतालमा यसअघिका देवचुली नगरपालिकाका दुई संक्रमितलाई पनि राखिएको छ । यससँगै जिल्ला अस्पतालको आईसोलेसनमा पाँचजना कोरोना संक्रमित पुगेका छन
मध्यबिन्दु जिल्ला अस्पतालका कोरोना फोकस पर्सन डा. पुस्कर पौडेलका अनुसार अस्पतालमा ६ वडा बेड राखिएको भएपनि दुरी मेन्टेनका लागी बाँकी संक्रमितलाई राख्न नसकिने बताए । ‘हामीकहाँ ६ वटा बेड हो तर पाँचवटा भरिएको छ । डिस्टान्स मेन्टेन नहुने भएकाले यो भन्दा बढी संक्रमितलाई आईसोलेसनमा राख्न सकिदैन ।’ डा. पौडेलले भने ।
सोमबार बिहान देखिएका कावासोती नगरपालिका १ का २२ बर्षिय पुरुष, कावासोती नगरपालिका १२ का ३६ बर्षिय पुरुष र विनयी त्रिवेणी गाउँपालिका ३ का १४ बर्षिय पुरुषलाई आईसोलेसनमा राखि उपचार भइरहेको छ
नवलपरासी पुर्वमा जम्मा २५ आईसोलेसन बेड संख्या रहेको छ । जसमध्ये गैंडाकोट नगरपालिकामा ३, देवचुली नगरपालिकामा ३, मध्यबिन्दु नगरपालिकामा ५, बुलिंगटार गाउँपालिकामा ४, बौंदिकाली गाउँपालिकामा ४, जिल्ला अस्पतालमा ६ रहेका छन् । कावासोती नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा भने अहिलेसम्म आइसोलेसन बेड तयार गरिएको छैन ।
