प्रदेश सांसद शाहीद्वारा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण




नन्दु यादव –
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन्।
कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुगेकोले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रदेश सदस्य शाहीले बताए ।
त्यसैगरी अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षामकर्मीलाई पनि मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरिएको शाहीले बताए।

प्रदेश सांसद शाहीले प्रतापपुर गाउपालिकाकोे स्वास्थ्य प्रमुखलाई १० सेट पिपिई, सुस्ता गाउपालिकाका स्वास्थ्य प्रमुखलाई ९ सेट पिपिई, ईप्रका बेलाटारीलाई २ सेट पिपिई, नेपाल सशस्त्र प्रहरी बल गुठिप्रसौनीलाई २ सेट पिपिई, बलिनगरमा रहेको शशस्त्र सुरक्षा बललाई २ सेट पिपिई र ५ जना पत्रकारहरुलाई पिपिई सेट सहित माक्स, सेनिटाईजर, ग्लबस लगायतका सामाग्री उपलब्ध गराएका हुन्।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै पत्रकार स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुले विभिन्न संघ संस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताएका छन ।



सम्बन्धित
Loading...