प्रहरीद्वारा १९ बाेरा डिएपि मल बरामद


नन्दु यादव –



जेठ २१ नवलपरासी .




पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४हर्षपुरा बाट गएराति १९ बाेरा डिएपि मल प्रहरीले बरामद गरेकाे छ ।

पचफेडा प्रहरी चाैकि र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटेकाे सयुक्त गस्ति टाेलिले मल बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

लकडाउनकाे अवस्थामा लुकिछिपि भारतबाट अबेैध रुपमा ल्याउदै गर्दा नियन्त्रणमा लिएकाे हाे ।

मल सहित ३ वटा साईकल समेत रहेकाे छ । नियन्त्रणमा लिएकाे मल र साईकल आवश्यक कार्वाहिकाे लागि महेशपुर भन्सार कार्यालय पठाउने निरिक्षक पाण्डेले बताए



सम्बन्धित
Loading...