बुलिङटारका कोरोना संक्रमितलाई उपचारका लागि चितवन लगियो
नवलपरासी, २१ जेठ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा फेला परेका कोरोना संक्रमित १६ बर्षीय किशोरलाई उपचारका लागि चितवन लगिएको छ ।
उनलाई उपचारका लागि चितवनको कोरोना विशेष अस्पतालमा लगिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
उनीसँगै नवलपुरमा १० जना संक्रमित भेटिएका छन् जसमध्ये ४ जना चितवनको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी ५ जनाको नवलपुरमै उपचार भईरहेको छ भने एक जना निको भएर फर्किएका छन् ।
