ब्युटी पार्लर सञ्चालन गर्न दिन माग
ब्युटीपार्लर तथा सैलुन ब्यवसाय सञ्चालन गर्न दिनका लागि सौन्दर्य कला ब्यवसायी संघले सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको जनाएको हो ।
गरिखान दिनका लागि ब्यवसाय सञ्चालनमा सहयोग गर्न संघले माग गरेको हो। सरकारबाट ब्यवसायीलाई कुनै राहतको व्यवस्था गर्ने बारे कतै संकेत नदेखिएको गुनासो पनि संघले गरेको छ।
यस पृष्ठभूमिमा लकडाउनबाट साना एवं मझौला व्यवसायी लगायत सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको भन्दै संघले उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको हो।
सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको लकडाउन दुई महिना नाघिसकेको छ। सरकारले लगातार मिति लम्ब्याउने गरेकाले जेठ ३२ सम्मको लागि तोकेको छ ।