पश्चिम नवलपरासीमा एकै पटक ८ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १५


पश्चिम नवलपरासीमा बुधबार एकैपटक ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको हो ।



बर्दघाटमा वडा नम्बर १६ का २४ वर्षिय युवकमा कोरोना पुष्टि भएको छ । उनि भारत बाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपसीका प्रमुख गौरब ढकालले जानकारी दिए।

बर्दघाट नगरपालीकाका मेयर धिरज शर्मा बस्यालका अनुसार वडा नम्बर १६ का संक्रमितलाई बुटवल देविनगर स्थीत एन्फा कम्प्लेक्समा बनाइएको आईसोलेसन सेन्टरमा पठाईएको हो ।




यस्तै पाल्हीनन्दन गाँउपालीकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । जस्मा वडा नम्बर ६ का २०,२१ र ३४ वर्षिय पुरुष तथा वडा नम्र ४ का २९ वर्षिय, वडा नम्बर ३ का ३४ वर्षिय, वडा नम्बर २ का २१ वर्षिय र वडा नम्बर १ का २५ वर्षिय व्यक्तिहरु रहेका छन् । प्रारम्भिक जानकारी अनुसार अधिकांश संक्रमित भारत मुम्बई बाट आएका थिए । पाल्हीनन्दनमा पाँच नम्बर वडा बाहेक सबै वडामा कोरोना पोजेटिभ देखिएका छन् ।

यस अघि जिल्लामा कुल ७ जनामा कोरोना पुष्टि भएको थियो । बर्दघाट र पाल्हीनन्दनमा भने आज पहिलो पटक संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ ।



सम्बन्धित
Loading...