विनयी त्रिवेणीका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ
कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको १० जना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार कोरोना प्रयोगशाला भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
त्यसैगरी १ सय ३२ जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ ।
