आज अहिलेसम्मकै उच्च संक्रमित फेला, आज नयाँ ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो
नेपालमा आज अहिलेसम्मकै उच्च कोरोना संक्रमित फेला परेको छ। थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका मोरङंका २ जना, पर्साका १ जना, झापाका ५ जना, ताप्लेजुङका १ जना, सप्तरीका १३ जना, बाराका १२ जना, सिन्धुलीका १ जना, रौतहटका ६५ जना, म्याग्दीका १ जना, बाग्लुङका १० जना, पर्वतका ४ जना, स्याङ्जा १ जना, डोटीका ३ जना, बाँकेका ४२ जना, कपिलवस्तुका २९ जना, दाङका १५ जना, मुगुका १ जना, दैलेखका ११३ जना, खोटाङका ३ जना, धनुषाका ६ जना, महोतरीका ३ जना, सर्लाहीका ३ जना रहेका छन्
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ भने २९० जना निको भएर घर फर्किसकेका छन् ।
