१२ बर्षीय बालिका बलात्कारपछि गर्भवती, १७ वर्षीय किशोर पक्राउ


उदयपुरमा १२ बर्षिया बालिकालाई वलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिकाका १७ बर्षिय किशोरलाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आईतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेपछि उनी पक्राउ परेका हुन् । पिसाब र अल्ट्रासाउण्ड प्रबिधीबाट तीन पटक सम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको डाक्टरले पुष्टि गरेपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको जानकारी गराएकी हुन् ।



कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेट डा मुकेसकुमार माधवीले दुई पटक सम्म पिसाबबाट परीक्षण गरिने युरिन पे्रगनेन्सी टेष्ट (युपिड) गर्दा पोजेटिभ देखिएको बताए । उनले भने, ‘पहिलो पटक गर्दा पोजेटिभ देखियो बालिका कलिलै देखिएकाले पुनः कन्र्फम गर्न एकछिन पछि युपिड नै गरेका हौ फेरी पोजेटिभ नै देखियो ।’

दोश्रो पटक परीक्षण गर्दा समेत पोजेटिभ देखिएपछि विश्वस्त हुन् अल्ट्रासाउण्ड गरेको र ८ हप्ताको गर्भ रहेको देखियो डा. माधबीको भनाई छ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीका अनुसार गत चैत्र महिनामा बालिका बलात्कृत भएको प्रारम्भिक बयानबाट खुलेको छ । बालिकाले ठ्याक्कै मितिको एकिन गर्न नसकेपनि गत आईतबार दिएको जाहेरीमा चैत्र ७ गते बलात्कार गरेको खुलाइएको छ । पीडित परिवारको जाहेरीका आधार किशोरलाई पक्राउ गरि घटनाको थप अनुसन्धान सुरु गरिएको डिएसपी केसीले बताए ।



सम्बन्धित
Loading...