जापानबाट पनि फर्किए ७ नेपाली


शुक्रबार जापान, यूएई र म्यानमारबाट २ सय २ जना नेपाली स्वदेश आएका छन् । सरकारले लकडाउनपछि औपचारिक रूपमा शुक्रबार नेपाल फर्काएको हो ।



जापानबाट नेपाल एयरलाइन्सको विमानमार्फत ७ जना नेपाली फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै, म्यानमारबाट एयरफोर्स जहाजमार्फत २६ जना नेपाली ल्याइएको थियो भने यूएईबाट एयर अरेबियामार्फत १ सय ६९ नेपाली आजै ल्याइएको छ ।

विदेशमा रहेका नेपालीलाई आफ्नै खर्चमा ल्याउने गरी सरकारले यसअघि कार्यविधि तय गरेको छ ।



सम्बन्धित
Loading...