कपिलवस्तुको महाराजगंजमा वडा कार्यालयमा चोरी


कपिलवस्तु, २४ जेठ – कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ७ कुशहवाको वडा कार्यालयमा चोरी भएको छ । गएराती वडा कार्यालयको झ्याल तोडेर कार्यालयको तराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले जानकारी दिनुभयो ।



कुशहवा गाँउको पुर्व एकान्तमा रहेको वडा कार्यालयमा राती चोरी भएकोले विहान गाँउले खबर गरेपछी प्रहरीलाई खबर गरेको अध्यक्ष मुसलमानले जानकारी दिनुभयो । कार्यालयको दरामा राखीएको मालपोल दस्तुर र राजस्वबाट संकलन भएको नगर रु ३५ हजार चोरी भएको वडा सचिव राकेश चौवेले जानकारी दिनुभयो ।




एक महिना देखी संकलन भएको राजस्व वडा कार्यालयमै राखीएकोले सेनेटाईजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताउनु भयो । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवस्तावले चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको जानकारी दिनु भयो ।



सम्बन्धित
Loading...