सर्लाही परवानीपुरका किसानहरु सरकारले तोकिएको मूल्यको दोब्बर मुल्यमा मल (खाद) किन्न बाध्य


सर्लाही संवाददाता ।



सर्लाहीको लालबन्दी न .पा वडा १५,१६ परवानीपुरका किसानहरु सरकारले तोकिएको मूल्य भन्दा दोब्बर मुल्यमा खाद किन्न बाध्य छन ।

वडा कार्यालयको सिफारिसमा सहकारी संस्थाले बितरण गर्ने प्राबधान रहे पनि अहिले किसानहरुको माग अनुसार खाद उपलब्ध गराउन नसकिएको वडाअध्यक्ष स्विकार्नु हुन्छ । फौजी किराले बाली नष्ट पारी रहेको यो अवस्थामा धेरै चर्को मुल्यमा व्यापारीसङ्ग मल (खाद) खरिद गर्न बाध्य भएको परवानीपुरका किसानहरुले गुनासो गरेका छन । किसानहरुलाई सर्बसुलभ मुल्यमा कृषि सामाग्री उपलब्ध कहिले हुने ? “कृषि क्रान्ति” को कुरा धेरै गरे पनि अहिलेसम्म किसानको मर्म बुझ्ने चेष्टा कसैले नगरेको किसानहरु बताउनु हुन्छ ।




कृषि सामाग्री संस्थान प्रा लि मा प्रती बोरामा ७०० लेखिएको हो भने परवानीपुराका ब्यापारीले प्रती बोरा १४ सय देखि १६ सय सम्ममा बिक्रि गरि रहेका छन ।

.



सम्बन्धित
Loading...