छोरीमाथि करणी गरी बच्चा जन्माए पछि पक्राउ ! 


२६ जेठ, बनेपा ।
काभ्रेको बनेपामा छोरीलाइ जवरजस्तीकरण गरेको आरोपमा ४० वर्षिय एक व्यक्ति पक्राउ परेका छन् । रामेछाप घर भइ बनेपामा बसेर मज्दुरी गर्दै आएका सिन्के नाम परिवर्तनले छोरीलाइ लामो समय देखि जवरजस्ती गर्दै आएको उजुरी बोकेर ‘सिन्के’ की श्रीमती इलाका प्रहरी कार्यालय बनेपा पुगे हुन् ।



शनिवार बनेपामा रहेको सिरमेमोरियल अस्पतालमा पेट दुखेको भन्दै जचाउँन जाँदा छोरीले बच्चा जन्माएपछि उनी आफ्नै श्रीमान विरुद्ध उजुरी बोकेर प्रहरी कार्यालय पुगेकी हुन्।

उनले भनिन् ‘‘हामी अब तिन जना छौँ, यो छोरी बाहेक, सबैले अब आत्महत्या गर्नुको विकल्प भएन् सर भन्दै ‘सिन्के’की श्रीमतीले गुनासो गरिन् । उनी लामो समय भक्कानिएर बसिन्, मलिनु अनुहार बोकेर आएकी उनको अनुहारमा आँसुको फोहोरा छुटेको छ,। उनले थपिन्, अब मर्नु बाहेक केहि विकल्प छैन्, बालख छोरीलाइ करणी गरेर पापीको बच्चा समेत भइ सक्यो, यो बेदना कस्ले सुन्छ प्रभु । यो सपना हो की विपना हे प्रभु । अब यो पापीलाई हदै सम्मको कार्वाही हुनु पर्छ, उनले छोरी र बच्चाको उचित पालन पोषणका लागि सहयोगको अपिल पनि गरिन् ।
‘सिन्के’को परिवार विगत एक वर्ष देखि बनेपामा मज्दुरी काम गर्दै आएको छ ।
पिडित १७ वर्षिय बालिकाले शनिवार अस्पतालमा छोरा पाएको र प्रारम्भिक अनुसन्धानबाट तथा परिवारबाट आएको उजुरीका आधारमा पिडक विरुद्ध आइतबार जिल्ला अदालत काभ्रेमा जवरजस्तीकरणी, हाडनाताकरणी र बालिकाकरणी विरुद्ध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिम्सिनाले बताए ।



सम्बन्धित
Loading...