भरतपुर अस्पतालको आइसियूमा एक संक्रमितको मृत्यु


चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको मृत्युु भएको हो।



उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको अस्पतालले जानकारी दिएको छ।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।




नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

नारायणी सामुदायिक अस्पतालबाट सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका वडा नं ११ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

मुटु र निमोनियाको समेत समस्या रहेको बताइएको छ । नारायणी सामुदायिक अस्पतालको आइसियूमा अन्य चार संक्रमितसँगै राखिएका गम्भीर अवस्थाका ती वृद्धलाई प्रशासनको अनुमतिबिना नै भरतपुर अस्पतालमा सारिएको थियो ।

बिरामी ल्याउँदा सावधानी नअपनाएको भन्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आपत्ति जनाएका छन्



सम्बन्धित
Loading...