नवलपुरमा रोकियो स्वाब संकलनः संकलिन स्वाबमध्ये ५०६ जनाको आउन बाँकी
पिसिआर परीक्षणमा पालो नआएपछि स्वाब संकलन केही दिनलाई स्थगित
नवलपरासी । गण्डकी प्रदेशको पोखरा स्थित प्रयोगशाला र चितवनको भरतपुर स्थित प्रयोगशालामा संकलिन स्वाबको चाङ्ग लागेपछि पूर्वी नवलपरासीमा स्वाब संकलन कार्य रोकिएको छ ।
पूर्वी नवलपरासीमा अहिलेसम्म स्वाब संकलन भएको ११४८ मध्ये रिर्पोट ५०६ जनाको आउन बाँकी नै छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार संकलिन स्वाबको पिसिआर परीक्षणमै ढिलाई भएर पालो नआएपछि केही दिनलाई स्वाब संकलन कार्य रोकिएको हो ।
नवलपुरमा अहिलेसम्म ३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ६ सय ७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
पूर्वी नवलपरासीमा अहिले १२७४ जना क्वारेन्टाइनमा रहेका छन् ।
