जंगली च्याउ खादा हुप्सेकोटमा ३ जना बिरामी
जंगली च्याउ खादा नवलपुरको हुप्सेकोट गाउपालिकामा एकैघरका ३ जना बिरामी परेका छन् ।
शनिवार बिहान हुप्सेकोट गाउपालिका ५ वस्ने १५ बर्षीय थम माया सरुले जंगलमा गई जंगली च्याउ टिपि घरमा ल्याई पकाइ खादा ३ जना बिरामी परेका हुन् ।
बिरामी हुनेमा बर्ष ४५ का नरसिह सारु मगर , उहाकी श्रीमती बर्ष ४२ की लुरमाया सारु र उहाकी छोरी बर्ष १५ की थम माया सारु रहेको जिल्ला प्रहरी कार्यालय नबलपुरका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी मोहन बाहादुर खाणले जानकारी दिनुभएको छ । उनिहरुलाई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएकोमा थप उपचारको लागी पुरानो मेडिकल अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको जनाइएको छ ।