एमसीसी र भ्रष्टचारको विरोध एवम् पिसिआर परीक्षणको माग गर्दै कावासोतीमा मौन प्रदर्शन (भिडियो सहित)
https://www.youtube.com/watch?v=_GWxVYI6f3U
कावासोती । स्वतन्त्र युवा समूह नवलपुरले कावासोतीमा आइतबार मौन प्रदर्शन गरेका छन् ।
युवाहरुले कावासोतीको सभापति चोकमा एमसीसीको विरोध, भ्रष्टचारी सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
त्यसैगरी कोरोनाको आरडिटी परीक्षण होइन, पिसिआर परीक्षण भन्दै प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।


