पश्चिम नवलपरासीका क्वारेन्टाईनमा ७ सय ३ जना, पिसिआर परिक्षणले गति लिन सकेन


 



नवलपरासी असार ३

पश्चिम नवलपरासीमा बुधबार साँझ सम्म क्वारेन्टाईनमा बस्नेको संख्या ७ सय ३ रहेको छ । जिल्लाका सात वटै स्थानिय तहमा क्वारेनटाईनमा बस्नेको संख्या विगत केहि समय यता घट्दै गैरहेको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बर्दघाट नगरपालिकामा १ सय ९१, सुनवल नगरपालिकामा १ सय ८५ र रामग्राम नगरपालिकामा ७९ जना क्वारेन्टाईनमा रहेका छन् ।




गाउँपालिका तर्फ प्रतापपुर गाउँपालिकामा १ सय १३, सुस्ता गाउँपालिकामा ६६, सरावल गाउँपालिकामा २६ र पाल्हिनन्दन गाउँपालिकामा ४३ जना क्वारेन्टाईनमा रहेका छन् ।

अहिले सम्म जिल्लामा पिसिआर परिक्षणका लागि १ हजार ४ सय ९ जनाको स्वाव संकलन भएको छ । १ हजार ९० जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा कुल संक्रमितको संख्या ४८ रहेको छ भने २ सय ७१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

स्थानिय तह अनुसार बर्दघाट नगरपालिकामा हाल सम्म १ सय १३ जनाको स्वाव संकलन भएकोमा ९४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

सुनवल नगरपालिकामा ३ सय २० जनाको स्वाव संकलन भएकोमा १ सय ६५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नगरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ४९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

रामग्राम नगरपालिकामा हाल सम्म १ सय ६४ जनाको स्वाव संकलन भएकोमा १ सय ५८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको स्वावको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतापपुर गाउँपालिकामा हाल सम्म १ सय ४९ जनाको स्वाव संकलन भएको छ । जस मध्ये १ सय ३६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

सुस्ता गाउँपालिकामा अहिले सम्म ३ सय ९६ जनाको स्वाव संकलन भएकोमा ३ सय २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सुस्तामा सातवटै स्थानिय तह मध्ये सवैभन्दा धेरै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

सरावल गाउँपालिकामा अहिले सम्म १ सय १० जनाको स्वाव संकलन भएको छ । १ सय ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्हिनन्दन गाउँपालिकामा १ सय ५२ जनाको स्वाव संकलन गरिएकोमा १ सय जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

क्वारेनटाईनमा बस्ने भन्दा बाहिर हाल सम्म ५ जनाको स्वाव संकलन गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लामा अहिले सम्म १ हार ७ सय ८१ जनाको आरडिटी परिक्षण भएको छ । जसमा १ हजार ७ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

आरडिटीको विस्वसनियतामा प्रश्न उठे पनि यसबाट हुने परिक्षण भने रोकिएको छैन । पिसिआर परिक्षण भने अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैन ।

जिल्लाका सुनवल र सुस्ता गाउँपालिकाले भने आफैले भिटिएम खरिद गरेर स्वाव संकलन गरिरहेका छन् । अन्य पालिकामा भने जिल्ला स्वास्थ्य कार्यालयमा न्यून मात्रामा प्राप्त हुने भिटिएम बाटै सवै स्थानिय तहमा बाँडिचुँडी काम चलाउनुपर्ने अवस्था रहेकोले पनि तिव्र रुपमा स्वाव संकलन नगर्दा पिसिआर परिक्षणले भने गति लिन सकिरहेको छैन ।



सम्बन्धित
Loading...