यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका नेपालका तीन जिल्ला
केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ ।
बुधबार एकैदिन पाँच सय ८६ संक्रमित थपिए । विहीबार विहान मनाङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ ।