सीमामा काँडेतार, नेपाल-भारतबीच अनिवार्य भिषाको व्यवस्था !
नेपाल–भारत सीमामा काँडेतार लगाउनेसम्मको माग गर्दै सर्वोच्चमा रिट परेको छ ।
उचित कानून बनाएर सीमामा काँडेतार लगाउने र दुवै देशका नागरिकको आवागमन र ट्रान्जिटमा समेत भिषाको व्यवस्था हुनुपर्ने माग राख्दै आइतबार सर्वोच्चमा रिट दर्ता भएको हो ।
अधिवक्ता शालिकराम सापकोटा, गीता शाह र सुवास विश्वकर्मा तथा कलाकार नवल खड्काले संयुक्त रुपमा रिट निवेदन दर्ता गर्नु भएको हो ।
सर्वोच्च अदालते ९ असारमा सुनुवाईका लागि पेशी समेत तोकेको छ ।
रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रतिनिधिसभा सचिवालय, राष्ट्रियसभा सचिवालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषदको कार्यालय, परराष्ट्र, रक्षा र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
सीमा सुरक्षाको म्याण्डेट पाएको सशस्त्र प्रहरी बलको ऐनमा संशोधन गर्दै सम्पूर्ण अधिकारसहितको एउटा छुट्टै सीमा सुरक्षा इकाई गठन र नेपाल–भारत प्रवेशमा एकअर्काले अन्य देश सरह अध्यागमन कानून लागू गर्न माग गरिएको छ ।
निवेदक अधिवक्ता सापकोटाले नेपाल–भारत सम्बन्धलाई यथास्थितिमै राखेर रिटमा राखिएका माग सम्बोधन गर्न सकिने बताउनु भएको छ ।
सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर निशान छाप नै सच्याएसँगै सीमामा काँडेतार लगाउन माग गर्दै सर्वोच्च न्यायलयमा रिट परेको हो ।
Read more https://nayasanchar.com/writ-filed-supreme-court/