आज १८ उडान, एक हजार भन्दा बढी नेपाली आउँदै


आज विभिन्न ६ वटा देशबाट एक हजार भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। ​अष्ट्रेलिया कतार, थाइल्यान्ड, कुवेत, युएइ र मालदिभ्समा रोकिएका नेपाली स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। अष्ट्रेलियाबाट आज पहिलोपटक उद्धार गर्न लागिएको हो।



अष्ट्रेलियाबाट २ सय ५० भन्दा धेरै नेपाली आज राती साढे १० बजे स्वदेश आउने मन्त्रालयका सहसचिव हरिस्चन्द्र घिमिरेले जानकारी दिए। कुवेतबाट जजिरा एयरमार्फत विहान साढे ११ बजे १५० जना नेपाली फर्कदैछन्। कुवेतबाट आउनेमा अधिकांश महिला र बालबालिका रहनेछन्। थाइल्यान्ड र मालदिभ्समा रोकिएका नेपाली लिन नेपाल एयरलान्इस दुई वटा विमान विहान त्यसतर्फ उडेका छन्। थाइल्यान्डबाट १५८ र मालदिभ्सबाट १५० जना नेपाली स्वदेश फर्कर्दै छन्।

कतारमा रहेका नेपालीलाई कतार एयरवेजको विमानले काठमाडौँ ल्याउँदैछ। कतारबाट १५८ जना नेपाली स्वदेश आउदैछन् । उक्त विमान अहिले केहिवेरमा त्रिभुवन विमानस्थलमा आइपुग्दैछ।  युएइबाट दिउँसो साढे १ बजे १५० जना भन्दा धेरै नेपाली स्वदेश फर्कदै छन्। यस्तै स्वाथ्य सामाग्री लिन हिमालय एयरलाइन्सको विमान बिहान चीनको चाङसा प्रस्थान गरेको छ । प्राधिकरणका अनुसार उक्त विमान वेलुका ६ बजे काठमाडौं आइपुग्ने छ ।




आज पनि दिनभर त्रिभुवन विमास्थलबाट विभिन्न देशमा आउने जाने गरी १८ वटा उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।



सम्बन्धित
Loading...