भारतबाट नेपाल ल्याउदै गरेको कुखुराका चल्ला बरामद
श्याम थापा –
सुस्ता ९ असार – पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीले भारतबाट नेपाल ल्याउदै गरेको भारतीय कुखुराका चल्ला बरामद गरेको छ ।
जिल्लाको सुस्ता गाउँपालिकाको पक्लिहवाको सिमा नाकाबाट भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको करिब ६६ हजार बराबरको भारतीय कुखुराको चल्ला ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा हिडेको गस्ती टोलीले सुस्ता गाउँपालिकाको कुडियाबाट बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताएका छ्न ।
स्थानीय तस्करहरुले लकडाउनको मौका छोपी सिमा नाकाबाट लुकिछिपी अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको १ हजार ३ सय २० गोटा भारतीय कुखुराका चल्ला बिशेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेको गस्ती टोलीले बरामद गरेको हो ।
बरामद गरिएको भारतीय कुखुराका चल्लाको स्थानीय समाजसेवी र पत्रकार लगायत ब्यक्तिहरुको सहभागीतामा नष्ट कार्य गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
