कावासोती नयाँ थपिएका १० जना कहाँ कहाँका हुन् ?


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार थपिएका नयाँ संक्रमित १० जनासँगै कावासोतीमा संक्रमितको संख्या १६ पुगेको छ ।
कावासोती नगरपालिकाका स्वास्थ्य प्रमुख कृष्ण नागिलाका अनुसार मंगलबार पुष्टि भएका १० जनामा कावासोती १ का ३ जना पुरुष, कावासोती २ का २ जना पुरुष, कावासोती ३ का २ जना पुरुष, कावासोती १० का १ जना महिला, कावासोती १५ का १ जना पुरुष र कावासोती १३ का १ जना पुरुष रहेका छन् ।
अहिलेसम्म १६ जना संक्रमित भएका मध्ये कावासोतीका २ जना उपचार पछि फर्किएका छन् ।
मंगलबार संक्रमण देखिएका १० जनालाई अझै आइसोलेशनमा लगिएको छैन । रहजरमा रहेको प्राकृतिक चिकित्सालयमा थप बेड निर्माण भईरहेको कारण उनीहरुर्ला बुधबार दिउँसो मात्र रजहर लैजाने तयारी भईरहेको नागिलाले बताए ।
त्यसैगरी कावासोतीमा अहिलेसम्म २२५ जनाको पिसिआर रिपोर्ट आएको छ भने पुरानो संकलन गरिएको ७ जनाको रिपोर्ट आज आउने बताइएको छ ।
त्यस्तै मंगलबार ६६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ ।
अहिले सम्म कावासोतीमा १ सय ४७ जना क्वारेन्टाइनमा रहेकोमा बुधबार ५९ जना घट्ने र कावासोतीको ८८ जना मात्रै रहने उनले बताए ।
ति मध्ये २२ जनाको मात्र स्वाब संकलन गर्न बाँकी रहेको समेत उनले जानकारी दिए ।



सम्बन्धित
Loading...