साउन दोस्रो साता एसईईको परिक्षाफल प्रकाशित गरिने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । र्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।



विद्यालयको मूल्यांकन समिति र एकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षराङ्क पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ ।बोर्डले बुधबार सबै विद्यालयल र एकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै आज बुधबारबाट प्रक्रिया सुरु हुने जानकारी दिए ।




साउनको तेस्रो ७ गतेबाट कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए ।



सम्बन्धित
Loading...