६ बर्षीय छोरीलाई जबरजस्ती करणी गर्ने बुबा पक्राउ


नुवाकोटको लिखु गाउपालिकामा आफ्नै ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बालिकाको बुवालाई पक्राउ गरेको छ ।
३६ बर्षीय बुबाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा बर्ष ६ की नाबालक छोरी लाई जबरजस्ती करणी गरेका हुन ।



आफ्नै छोरीलाई करणी गरिरहेको अबस्थामा श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा गई घटनास्थल मुचुल्का उठाई उनलाई तत्कालै पक्राउ गरी ल्याईएको प्रहरीले जनाएको छ ।
किटानी जाहेरीका आधारमा पक्राउ परेका उनलाई अदालतबाट १५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...