नवलपुरमा संक्रमितको संख्या १ सय ८४ पुग्यो
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना भाईरस संक्रमितको संख्या १८४ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको तथ्यांक अनुसार नवलपुरमा बुधबारसम्म संक्रमितको संख्या १८४ पुगेको हो ।
बुधबार नवलपुरमा थपिएका गैडाकोटमा ३ जना, मध्यविन्दुमा २ जना सहित संक्रमितको संख्या १८४ पुगेको हो ।
अहिलेसम्म पूर्वी नवलपरासीको गैडाकोटमा ११ जना, देवचुलीमा ९ जना, कावासोतीमा १६ जना र मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १३ जना, हुप्सकोट गाउँपालिकामा ३२ जना, बुलिङटार गाउँपालिकामा २७ जना र बौदीकाली गाउँपालिकामा ३६ जना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म नवलपुरमा १७८९ जनाको पिसिआर रिपोर्ट आएकोमा १५९७ जनामा भने कोरोना भाईरस संक्रमण नेगेटिभ आएको छ ।

