घोडाघोडीमा निर्माणधिन नालीमा बिवाद


कैलाली । कैलालीको घोडाघाडी नगरपालिका –१, घोडाघोडीमा निर्माणधिन नालीमा बिवाद उत्पन्न भएको छ ।



आर्थिक वर्ष २०७६÷७७ को प्रदेश पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको स्वीकृत बजेट दश लाख रुपैया र बाकि जनसर्वदान गरी कुल १२ लाख ७५ हजार आठ सय ३६ रुपैया को लागतमा निर्माण हुन लागेको उक्त नालमा बिवाद उत्पन्न भएको हो ।

घोडाघोडी पानी मिल जाने बाटोमा नाली निर्माण उपभोक्ता समितिले कसैको जानकारी तथा छलफल विना सुटुकै योजना ल्याएको स्थानीयको आरोप रहेको छ भने  यता आर्थिक प्रलोभनमा परि निर्माण समितिले निर्माण कार्यमा गुणस्तरहिन सामानको प्रयोग गरेको पाइएको छ ।




मपडण्ड अनुसार कुनै पनि निर्माण कार्यमा ढलान गर्नु पर्ने भएको खण्डमा ओपिसि सिमेन्टको प्रयोग गर्नु पर्ने हुन्छ तर निर्माण पक्षले कम गुणस्तरको कम मुल्य पर्ने पिपिसि सिमेन्टको प्रयोग गरेको हो ।

त्यस्तै प्राविधिकहरुले दिएको इष्टीमेटमा निर्माण पक्षलाइ गिटीको प्रयोग गर्नु पर्ने उल्लेख गरिएको भए पनि निर्माण पक्षले स्थानीय खोलामा सहजै उपलब्ध हुने ग्राविल प्रयोग गरेको छ भने निर्माणमा लागत घटाउनका लागि थोरै मात्रामा सिमेन्टको प्रयोग गर्दै ग्राविलबालुवालाइ बढुवा दिएको स्थानीयले आरोप लगाएका छन ।

उक्त निर्माणधिन नालीमा बिवाद उत्पन्न भए पछि यता घोडाघोडी नगरपालिकाको प्राविधिक टोलीले समेत नालाको अनुगमन गरेको छ । अनुगमन पश्र्चात निर्माणधिन नालीमा टुटीपूर्ण काम भएको प्राविधिक टोलीले समेत बताएको छ ।



सम्बन्धित
Loading...