कोरोना संक्रमणबाट मृतकको संख्या २६ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृतकहरु स्याङजा र ललितपुरका हुन् । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा उपचाररत उनको बुधबार राति निधन भएको हो । यसैगरी ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।