नवलपुरमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १८ पुग्यो
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना भाईरस संक्रमितको संख्या २ सय १८ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको तथ्यांक अनुसार नवलपुरमा शनिबार ६ जना थपिएसँगै संक्रमितको संख्या २१८ पुगेको हो ।
शनिबार नवलपुरको देवचुली नगरपालिकामा ३ जना महिला र ३ जना पुरुष गरी ६ जना थपिएका हुन् । यो सँगै देवचुलीमा संक्रमितको संख्या १५ जना पुगेको छ भने पूर्वी नवलपरासीमा २ सय १८ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
| पालिका | नेगेटिभ | पोजेटिभ |
| गैडाकोट | २१४ | १८ |
| देवचुली | २२५ | १५ |
| कावासोती | २६७ | ३० |
| मध्यविन्दु | ३६७ | ४२ |
| विनयी त्रिवेणी | २६३ | १८ |
| हुप्सेकोट | ३१६ | ३४ |
| बुलिङटार | १४२ | २७ |
| बौदीकाली | १५३ | ३४ |
पूर्वी नवलपरासीमा अहिलेसम्म गैडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा १५, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३४, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित पुगेका छन् ।
