गजल
- सदानन्द अभागी –
काम दाम उस्तै उस्तै रूपमात्रै फेरिएका
संस्कार र प्रवृत्तिमा पूर्वरूपले घेरिएका
ठूलो आशा गर्नु हुन्न यिनको भर पर्नु हुन्न
कहाँ भूल्न हुन्छ सबले सबको गला सेरिएका
अब पनि नाटक हेर्दा पथ्य र नेपथ्यको
विकृति र विसङ्गति अति रैछ बेरिएका
राष्टूभक्ति मुखमा मात्रै भावनामा शून्य
अझै पनि व्यवहार उस्तै रैछन् ढेरिएका
बोल्न हुन्न कुनै कुरा तिनको विपरितमा
कस्ले बुभ्mने सारा पीडा मनमा केरिएका
