पाटे बाघको आक्रमणबाट दुई जना घाइते


बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आइतबार राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन्।



बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु  र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आइतबार बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो।




बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ।  दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ।



सम्बन्धित
Loading...