बुटवलबाट पश्चिम नवलपरासीका दुई जना सहित ७ संक्रमित डिस्चार्ज


बुटवलको कोरोना विशेष अस्पतालबाट सोमबार ७ संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये ३ जना आईसीयू र अन्य ४ आइसोलेसनका रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।



घर जानेमा कोरोना विशेष अस्पतालबाट रिफर भई आएका दाङका मधुमेह र निमोनिया समेत देखिएका बिरामी सहित पश्चिम नवलपरासीका २ जना, दाङ, रुपन्देही, गुल्मी र कपिलवस्तुका एक–एक जना पुरुष रहेको डा थापाले बताउनुभयो ।

अहिले अस्पतालको आईसीयूमा २ र आइसोलेसनमा ८ जना बिरामी उपचाररत रहेको उहाँले बताउनुभयो । घर पठाइएका बिरामीलाई सेल्फ क्वारेन्टाइनमा बस्न र स्वास्थ्यका नियम पालना गर्न भनिएको उहाँले बताउनुभयो ।



सम्बन्धित
Loading...