कावासोतीका किसानलाई अनुदानका सामग्री हस्तान्तरण




पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १४ का ब्यवसायीक पशुपालक किसानहरुलाई अनुदानका यान्त्रीकरण आज हस्तान्तरण गरिएको छ ।

ब्यवसायिक पशुपालक किसानहरुका लागि छुट्टाइएको ६ लाख १६ हजार रुपैयाँ बराबरको छाँटी काट्ने, घाँस काट्ने मेसिन, ट्रली लगायतका यान्त्रिकरण सामानहरु आज किसानहरुलाई हस्तान्तरण गरिएको हो ।




१४ नम्बर वडाका सदस्य दानबहादुर चौधरीको उपस्थितमा हस्तान्तरण गरिएको हो । नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत लागत सहिभागितामा उपकरणहरु खरिद गरिएको दाजुभाइ कृषि समूहका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...