आज फेरी बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?


नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ४०० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपियाँले बढेको छ । आज चाँदी प्रतितोला ९६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



सम्बन्धित
Loading...