फुटाइयो गैँडाकोट नगरपालिका प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला
र्पूवि नवलपरासी गैँडाकोट नगरपालिकाको नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलको कार्यकक्षमा सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुद्धारा असार १६ गते लगाइएको ताला आज फोडिएको छ।
नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति गैंडाकोटको पहलमा नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला आज दिउँसो फोडिएको हो।
नगरपालिकामा असार मसान्तसँगै कामको चाप बढिरहेको र दिनानुदिन सेवाग्राहीले दु:ख भोगिरहनुपरेको हुँदा ताला फोड्न बाध्य भएको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष ललितबहादुर गुरूङले बताउनुभयो।
गैंडाकोट नगरपालिकाको तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला भने असार १८ गते नै खोलिएको थियो।