अर्घाखाँचीका होटल एभरल्यााण्डका घरधनिले दिए ३ लाख ५० हजार घर भाडा छुट


अर्घाखाँची । अर्घाखाँचीका होटल एभरल्यााण्डका घरधनिले दिए ३ लाख ५० हजार घर भाडा छुट दिएका छन् ।



अहिले कोरोनाले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार व्यावसाय तथा जनजीवन निकै कष्टकर बनेको छ ।
यही परिस्थितिलाइ मध्यनजर गर्दै अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा न ८ भालुवाङ स्थित राप्तीनदी किनारमा रहेको भाडामा दिएको आफ्नो घरजग्गामा सन्चालित होटल एभरल्याण्डका घर धनि अकबर अलि र सानी खातुनले झन्डै चार महिनाको तीन लाख पचास हजार बराबरको भाडा छुट गरेका छन् ।





यसरी चार महिनाको भाडा छुट दिएर समाजमा उदाहरणीय काम पेसा गर्नुभएको छ । यसरी चार चार महिनाको भाडा छुट दिएर हामी जस्ता आफ्नै देशमा केही गर्नु पर्छ भन्ने युवाहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्नुभएको सन्चालक मध्येका एक दामोदर खनालले बताए ।
अकबर अलि र सानी खातुन प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलिका बुबाआमा हुन् ।



सम्बन्धित
Loading...